९ बैशाख २०८३, बुधबार | April 22, 2026

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने



काठमाडौं । नेपाली साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट गरिएको छ ।
नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबीच दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवम् प्रकाशनसम्बन्धी भएको द्विपक्षीय समझदारीपत्रअनुरूप नेपाली साहित्यका १३ कृति छनोट भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०८० सालमा भएको भ्रमणका क्रममा नेपालको संस्कृति मन्त्रालय र चीनको पब्लिकेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यति’, बाबुराम आचार्यको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’, डा हर्क गुरुङको ‘मैले देखेको नेपाल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, डा राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौँ’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मन्जुलको ‘जाने होइन दाइ आलापोट रु’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ छनोटमा परेको उनले सुनाए ।
चिनियाँ भाषाका १३ कृति नेपालीमा अनुवाद हुने
यसैगरी, चिनियाँ १३ वटा पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएको छ । ‘रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यू एरा’, ‘सेभेन्टी इयर्स अफ न्यु चाइना’, ‘द ओरिजिन्स अफ चाइनिज सिभिलाइजेसन’, ‘द एनोटेटेड क्रिटिकल लाओजी’, ‘सेलेक्टेड स्टोरिज अफ जिया दसान’, ‘ह्वाई एन्ड हाउ द सिपिसी वक्र्स इन चाइना’, ‘ह्वाइट डिअर प्लेन’, ‘रेड सर्गम’, ‘ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक यक चुआङ्जी’, ‘द स्ट्र हाउस’, ‘द म्याजिक गर्ड’, ‘इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज’ र ‘अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर’ छनोट भएको प्रतिष्ठानले जनाएको छ ।
पुस्तक अनुवाद गर्न नेपाल चीन संयुक्तविज्ञ समिति पनि गठन भएको छ । त्यसको अध्यक्ष प्रतिष्ठानका कुलपति भूपाल राई छन् । यसैगरी, सदस्यहरुमा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी (प्रकाशनको काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य डा कृष्णराज अधिकारी (प्राज्ञिक काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी (अनुवाद कार्यको संयोजन गर्ने गरी) र डा सर्वोत्तम श्रेष्ठ (अनुवादक तथा चिनियाँ भाषाविज्ञ) छन् ।
यसैगरी, अनुवादको सचिवालय संयोजकमा डा सुशील प्रजापति (चिनियाँ भाषा विज्ञ), सदस्यमा सविना महर्जन (चिनियाँ अनुवादक) र प्रतिष्ठानका अधिकृत रवीन्द्र तिमसेना रहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १ : ४६ बजे

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा