२५ चैत्र २०८२, बुधबार | April 9, 2026

आज अन्तरराष्ट्रिय खेल दिवस



काठमाडौं । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ ।

खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा भएको हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ । शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : ३४ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास