६ पुस २०८२, आइतबार | December 21, 2025

पार्टीमा एकता कायम नभए सुदुरपश्चिममा एमाले शुन्य हुने लेखराजको चेतावनी



धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए २०८४ मा सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल हुने बताएका छन् ।

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी दिए।

पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उनले यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनु पर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’

पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै उनले देश निर्माणमा समर्पित भएको पनि जनाए । अध्यक्ष केपी शर्मा ओलीले दिनको २० घण्टा काम गर्ने गरेको जनाउँदै  यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्नेमा जोड गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न उनले आह्वान गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : १८ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन