२८ मंसिर २०८२, आइतबार | December 15, 2025

समाचार हटाउने अदालतको आदेशप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति



काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो ।

शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझेको अवस्थामा पीडित पक्षले उजुरी दर्ता गर्न पाउने र त्यसअनुसार आवश्यक कारबाही गर्ने विषय प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र पर्छ ।” शाखाले अदालतबाट सो प्रक्रिया नअपनाई आदेश दिइनु प्रेस स्वतन्त्रता, संविधानको भावना र अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएको निष्कर्ष निकालेको छ ।

संविधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूति गरिएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ “लोकतन्त्रमा न्यायालयका आदेशहरू पालना गर्नुपर्ने विषयमा शाखा दृढ विश्वास राख्दछ र त्यसको सम्मान गर्दछ । तर अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था, प्रेस स्वतन्त्रताको स्थापित मान्यता र व्यवहारविपरीत भएकाले शाखा यसप्रति आपत्ति प्रकट गर्दछ ।”

शाखाले सम्बन्धित निकायलाई आदेशको पुनर्विचार गर्न आग्रह गर्दै वैधानिक उपायहरू अवलम्बन गर्न बाध्य नबनाउन चेतावनी पनि दिएको छ ।

विज्ञप्तिको अन्त्यमा महासंघले सञ्चारमाध्यमहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गर्दै समाचारको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यममै रहने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : ३६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर