२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा



नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा भएको छ। महिलातर्फ युनाईटेड र आदर्शं माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रबेश गरेका छन्।

महिलातर्फ बिहिवार भएको सेमीफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५-९, १९-२५ र २५-१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५-१५, २५-१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन्। सेमीफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छ।

त्यस्तै पुरुषतर्फ भएको सेमीफाईनल खेलमा धम्बोजी माबिले युनाइटेडलाई २५-२२, २५-२१ ले तथा जय जनताले मंगल माबिलाई २७-२५, २५-१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन्। पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाईनल खेल हुने प्रतियोगिता संयोजक राकेश श्रीवास्तवले जानकारी दिए ।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भईरहेको छ।

जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइएको उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : १३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले