२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा



नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा भएको छ। महिलातर्फ युनाईटेड र आदर्शं माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रबेश गरेका छन्।

महिलातर्फ बिहिवार भएको सेमीफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५-९, १९-२५ र २५-१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५-१५, २५-१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन्। सेमीफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छ।

त्यस्तै पुरुषतर्फ भएको सेमीफाईनल खेलमा धम्बोजी माबिले युनाइटेडलाई २५-२२, २५-२१ ले तथा जय जनताले मंगल माबिलाई २७-२५, २५-१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन्। पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाईनल खेल हुने प्रतियोगिता संयोजक राकेश श्रीवास्तवले जानकारी दिए ।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भईरहेको छ।

जेठ ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ । नक आउट प्रणालीका आधारमा खेलाइएको उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : १३ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का