२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी



नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन।

शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो ।

दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धम्बोजी मा. बि.का श्यामलाल बिश्वकर्मा पुरुषतर्फ र आदर्श मा. बि. कि ग्रेष्ना चिलवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।

यसअघि शुक्रवार बिहान तेस्रो स्थानको लागि भएको खेलमा महिलातर्फ जय बागेश्वरी मा बि ले सगरमाथा मा बि लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो हुन सफल भएको थियो भने पुरुषतर्फ मंगल प्रसाद मा बिले युनाईटेडलाई २५-१८, २४-२६ र २५-२२ ले पराजित गर्दै तेस्रो स्थान पाएको थियो ।

बिजयी हुने टीमलाई नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भएको थियो।

समापन समारोहमा बिगत ५ दशकदेखि नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउनु भएका बाँके नेपालगन्ज वडा नम्बर-१८ कारकादौं निवासी अशोक जंग थापालाई दोसल्ला र ढाका टोपी लगाएर कदरपत्रले सम्मानित गरिएको थियो।

प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ९ : ५८ बजे

पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको दोस्रो वार्षिक साधारणसभा शनिबार

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस