२५ चैत्र २०८२, बुधबार | April 9, 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन्।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत गुजरातस्थित अहमदावादको सरदार वल्लभभाइ पटेल अन्तरराष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको एआई–१७१ जहाज विमानस्थल नजिकै दुर्घटनाग्रस्त भई विमानमा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुःखद् निधन भएको समाचारले मर्माहत बनाएको उल्लेख गरेकी छिन् ।

“म राष्ट्रपति रहेको बखत भारतको औपचारिक भ्रमणका क्रममा गुजरात पुगेका अवसरमा मलाई न्यानो आतिथ्य प्रदान गर्नुभएका तत्कालीन मुख्यमन्त्री विजय रुपाणीकोसमेत उक्त विमान दुर्घटनामा निधन भएको समाचारबाट अत्यन्त दुःखी भएकी छु”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “उक्त विमान दुर्घटनामा अमूल्य जीवन गुमाएका गुजरातका पूर्वमुख्यमन्त्री रुपाणी, दुर्घटनास्थलमा रहेको बीजे मेडिकल कलेजको छात्रवासका विद्यार्थी र स्थानीयका साथै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

पूर्वराष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १२ : ३९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास