काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को साथ पाएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् ।
बैठक सुरु हुनेवित्तिकै सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । तर, रास्वपा र राप्रपाका सांसदहरुले टेबल ठटाएर विरोध जनाए । तर सभामुखले पाण्डेलाई बोल्न भनेपछि उनले आफ्नो पार्टीको कुरा अघि बढाए ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनुपर्ने माग राख्दै ती दलले जेठ १३ गतेदेखि संसद अवरुद्ध बनाउँदै आएका छन् ।



















प्रतिक्रिया