३ पुस २०८२, बिहिबार | December 18, 2025

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी



नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन।

शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो ।

दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका धम्बोजी मा. बि.का श्यामलाल बिश्वकर्मा पुरुषतर्फ र आदर्श मा. बि. कि ग्रेष्ना चिलवाल महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।

यसअघि शुक्रवार बिहान तेस्रो स्थानको लागि भएको खेलमा महिलातर्फ जय बागेश्वरी मा बि ले सगरमाथा मा बि लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो हुन सफल भएको थियो भने पुरुषतर्फ मंगल प्रसाद मा बिले युनाईटेडलाई २५-१८, २४-२६ र २५-२२ ले पराजित गर्दै तेस्रो स्थान पाएको थियो ।

बिजयी हुने टीमलाई नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवम ओलम्पियन सुरेन्द्र हमाल, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी, ओलम्पियन पार्वती थापा लगायतले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालन भएको थियो।

समापन समारोहमा बिगत ५ दशकदेखि नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउनु भएका बाँके नेपालगन्ज वडा नम्बर-१८ कारकादौं निवासी अशोक जंग थापालाई दोसल्ला र ढाका टोपी लगाएर कदरपत्रले सम्मानित गरिएको थियो।

प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको समाजका सचिव नरेन्द्र थापाले जानकारी दिएका छन ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ९ : ५८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका