३१ असार २०८३, बुधबार | July 16, 2026

इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु



काठमाडौं । इरानले इजरायली आक्रमणको जवाफ स्वरुप इजरायल माथि आक्रमण गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ । गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ । यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ ।

इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा तेल अवीव र जेरुसेलम क्षेत्रमा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । एक महिलाको मृत्यु पनि भएको छ । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । सेनाले नागरिकहरूलाई अर्को सूचना नभएसम्म घरभित्रै वा सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जेरुसेलमको आकाशमा चम्किलो प्रकाश र विस्फोटको आवाज सुनिएको छ । इरानले यो आक्रमणलाई इजरायलले हालै गरेको सैन्य कारबाही ‘अपरेशन राइजिङ लायन’ को जवाफ भनेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : ३१ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही