१० माघ २०८२, शनिबार | January 24, 2026

इजरायलमाथि इरानले गर्यो क्षेप्यास्त्र प्रहार, दर्जनौँ घाइते, एक महिलाको मृत्यु



काठमाडौं । इरानले इजरायली आक्रमणको जवाफ स्वरुप इजरायल माथि आक्रमण गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायलमाथि ठूलो क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गरेको छ । गार्डको विज्ञप्तिमा इजरायलका ‘दर्जनौँ सैन्य सुविधा, हवाई अड्डा र अन्य लक्ष्य’ मा आक्रमण गरिएको उल्लेख छ । यो कारबाहीलाई ‘ट्रु प्रोमिस ३’ नाम दिइएको छ ।

इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा तेल अवीव र जेरुसेलम क्षेत्रमा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । एक महिलाको मृत्यु पनि भएको छ । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ । सेनाले नागरिकहरूलाई अर्को सूचना नभएसम्म घरभित्रै वा सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जेरुसेलमको आकाशमा चम्किलो प्रकाश र विस्फोटको आवाज सुनिएको छ । इरानले यो आक्रमणलाई इजरायलले हालै गरेको सैन्य कारबाही ‘अपरेशन राइजिङ लायन’ को जवाफ भनेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : ३१ बजे

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं । विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।