२४ श्रावण २०८३, आइतबार | August 9, 2026

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी



पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु भएको छ । मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमराका तीन जना मजदुरको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि घाइते मजदुरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो । उपचारकोक्रममा बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी र प्रकाश चौधरीसँगै २७ वर्षीय राजन चौधरीको मृत्यु भएको घोषणा चिकित्सकले गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते सबैलाई उपचारका लागि शनिबार राति नै पाँचथरबाट नोबेल अस्पाल विराटनगर पठाइएको थियो।शनिबार निर्माणकैक्रममा बेलिब्रिज खस्दा ६ जना मजदुर घाइते भएका थिए ।

मेची राजमार्गअन्तर्गत पर्ने हेवा खोलाको बेलिब्रिज निर्माण कार्य सडक डिभिजन इलामले गर्दै आएको थियो । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने यो पुल निर्माणकोक्रममा भाँचिएसँगै वर्षाको समयमा ताप्लेजुङसहित पाँचथरका केही गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुने जोखिम बढेको छ ।

२०८० असारमा बाढीले पुल बगाएपछि राखिएको बेलिब्रिज २०८१ असोजमा आएको बाढीले फेरि बगाएपछि अहिले ह्युम पाइपको डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । पानी परेर खोला बढ्नासाथ डाइभर्सनबाट राजमार्ग सञ्चालन सम्भव नहुने जोखिम छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : २८ बजे

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।