१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु



काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामा पाइलटसहित सातजनाको निधन भएको भारतको एनडीटीभीले जनाएको छ ।

हेलिकोप्टरमा सवार यात्रीहरू केदारनाथ मन्दिर दर्शनका लागि जाँदै गरेका थिए । एरियन एभिएशनको हेलिकोप्टर केदारनाथ धामबाट गुप्तकाशी जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । सो स्थान गौरीकुण्ड र सोनप्रयाग बीचमा पर्ने बताइएको छ । हेलिकोप्टर उडेको १० मिनेटपछि जंगलमा ठोकिएर दुर्घटना भएको हो ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार बिहान ५ः२० मा सो घटना भएको हो । हेलिकोप्टरमा पाँच वयस्क र एक बच्चा र एक पाइलट थिए । ती सबैको मृत्यु भएको समाचारमा जनाइएको छ । पीडितहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका भएको बताइएको छ । यो पछिल्ला ६ हप्तामा यस्तै पाँचौँ दुर्घटना भएको बताइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनामा गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्य तत्काल सुरू गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ५४ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’