१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चिनिया बिदेश मन्त्रीले भने, ‘चीन इरानकाे समर्थनमा उभिन्छ’



काठमाडौं । चीनले इरानलाई समर्थन गर्ने भएको छ । इरान माथी इजरायली हमला भए पछि भएको पहिलो बार्तामा चीनले सो प्रतिबद्दता जनाएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको फोन बार्तामा सो प्रतिबद्दता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।चीनले भन्यो, ‘तेहरानलाई आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सहयोग गर्नेछ ।’

विदेशमन्त्री वाङ यीले शनिबार इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरेर स्थितिको जानकारी लिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सो पत्रिकाका अनुसार इरानमाथि इजरायलले आक्रमण गरेपछि चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट गरेको वाङले बताएका छन ।

चीनले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको भन्दै इजरायलको स्पष्ट निन्दासमेत गरेको छ। वाङले इरानी अधिकारीहरूलाई लक्षित गरी सर्वसाधारणको ज्यान लिने क्रूर आक्रमणको चीन दृढताका साथ विरोध गर्ने र इरानको राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न, आफ्नो वैध अधिकार र हितको रक्षा गर्न र जनताको सुरक्षामा इरानलाई समर्थन गर्ने पनि स्पष्ट पारेको छ।

उता, वाङले इजरायली विदेशमन्त्री गिडोन सारसँगको टेलिफोन बार्तामा इरानमाथि इजरायलको बलियो आक्रमणको विरोध गरेको स्पष्ट पारेका छन । यस वक्तव्यमार्फत चीनले पश्चिम एसियामा बढ्दो तनावबारे आफ्नो कूटनीतिक अडान स्पष्ट गरेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले