९ पुस २०८२, बुधबार | December 24, 2025

हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग



काठमाडौं । प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको पुल तत्काल बनाउन माग गरेका छन् । उक्त स्थानमा निर्माणाधीन पुल भत्किँदा शनिबार तीन जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिमरा उपमनपाका रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरी रहेका छन् । उक्त पुल परी थप तीन जना घाइतेको उपचार भइरहेको जनाइको छ ।

योगेशले बेलिब्रिज भाँचिँदा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत र घाइतेको उपचार गर्न माग गरेका छन् । साथै, पुल नहुँदा सो क्षेत्रमा दैनिक उपभोग्य र निर्माणाधीन सामाग्रीको ढुवानी गर्न र आवागमनमा समस्या भइरहेको भन्दै यसलाई तत्काल आवागमन सुचारु हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । योगेशले यसपटक फेरि मनसुनको सिजन सुरु भएको भन्दै यो बेलामा आउन सक्ने बाढी पहिरोको क्षति न्यूनीकरणका लागि सरकारसँग माग समेत गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५९ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण