काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा दुईजना मृत फेला परेका छन् ।
बूढानीलकण्ठ-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अन्जनाको टाउकोमा चोट रहेको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



















प्रतिक्रिया