६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेका पत्रकारहरुमा दुरदृष्टिको समस्या, १९१ पत्रकारले जँचाए आँखा



नेपालगन्ज । बाँकेका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगन्जले नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा पत्रकारहरुको आँखा जाँच गरिएको हो । शिबिरबाट जिल्लाका १९४ जना पत्रकारहरुले निःशुल्क आँखा जाँच गराएका छन् ।

नेपालगन्ज ४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच कार्यक्रममा ९१ जनालाई निःशुल्क चश्मा तथा परीक्षमा आवश्यक देखिएका पत्रकारहरुलाई औषधि वितरण गरिएको थियो ।

आँखा जाँच कार्यक्रमको शुभारम्भ गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष नबीन गिरीले पत्रकारहरुले कम्प्युटर, ल्यापटप, मोबाइलमा काम गरिहनुपर्ने भएकाले आँखाको ख्याल गर्नुपर्ने बताए । गिरीले आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण र संवदेनशिल अंग भएकाले बेला बेलामा आफ्नो आँखाको परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो परोपकारी काममा सहकार्य गरेर पत्रकारहरुलाई यो अवसर प्रदान गरेको भन्दै गौरव स्मृति तथा बि। योर सेल्फ फाउण्डेशनलाई धन्यबाद ज्ञापन गरे ।

संस्थाका संरक्षक प्रदिप शाहले संस्थाले विगतदेखि नै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको जानकारी गराउँदै पत्रकारहरुको आँखा जाँच गर्ने वातावरण निर्माण भएकोमा खुसी ब्यक्त गरे । स्वर्गीय गौरब शाहले सञ्चालन गरेको संस्थालाई आफूहरुले निरन्तर अघि बढाएको बताउँदै संरक्षक शाहले परोपकारी भावनाले प्रेरित भएर सामाजिक कामहरु गर्दै आएको उल्लेख गरे ।

दृष्टि विशेषज्ञद्वय तिलक शाह र नवीन कनोजिया नेतृत्वको टिमले आँखा चेकजाँच गरेको थियो । अधिकांश पत्रकारहरुमा दुर दृष्टिको समस्या देखिएको कनोजियाले बताए । गौरबको चार बर्ष अघि आजकै दिन सवारी दुर्घटनाबाट निधन भएको थियो । उनको स्मृतिमा आँखा जाँच गरिएको हो । फाउण्डेशनले विगतमा पत्रकारहरुलाई सहयोगसंगै उनीहरुको हकहितका लागि पनि काम गर्दै आएको संस्थाका संरक्षक शाहले बताए ।

यसैबीच त्यस अवसरमा गौरब स्मृति तथा बि। योर सेल्फ फाउण्डेशनले फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको “लिटल एण्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेता नेपालगञ्जकी मोनिका कठायतलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ११ : ०० बजे

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र