१९ माघ २०८२, सोमबार | February 3, 2026

भारतबाट नेपाल फर्केका थारुमा देखियो कोरोना, मास्क दिएर घर पठाइयो



नेपालगन्ज । भारतबाट घर फर्कँदै गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारुमा कोरोना संक्रमण देखिएको हो ।

भारतबाट नेपालगन्ज नाका हुँदै घर फर्कँदै गरेका थारुलाई आरडीटी जाँच गर्दा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कोरोना देखिएपनि थारुमा कुुनै लक्षण भने देखिएको थिएन । लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर गर्ने गरिएपनि थारुमा कुनै लक्षण नदेखिएपछि मास्क दिएर घर पठाइएको उनले बताए । आरडीटी जाँच गर्दा कोरोना देखिएका कारण उनलाई लक्षणको बारेमा र अपनाउनुपर्ने सावधानीका बारेमा काउन्सिलिङ गरेर पठाइएको श्रेष्ठले बताए ।

भारतमा धमाधम कोरोना संक्रमण फैलिएको देखिएपछि नेपालगन्ज नाका हुँदै भारतबाट आएका शंकास्पद व्यक्तिलाई कोरोना जाँच्ने गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : २४ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली