२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलको अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० को अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास गरिएको छ । प्रदेश प्रहरी तालिम केन्द्रदेखि मध्यपश्चिम पृत्तना हेडक्वार्टरतर्फ गरी ४६८ मिटर लम्बाईको पर्खाल निर्माणको काम सोमबारदेखि सुरु भएको हो ।

१ करोड ९ लाख ११ हजार लागत रहेको पर्खालको निर्माण काम यही असोज ३ गते सकिने बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्खालको शिलन्यास गर्दै पर्खाल निर्माणसँगै अभियान पथलाई ५१ फुट कायम हुने गरी सडक निर्माण गरिने बताए ।

नालीसहितको सडक नहुँदा चौराहामा डुबानको समस्या हुने गरेको मेयर पाण्डेयले स्मरण गर्दै नालीसहितको सडक निर्माण हुने र ३ फुटको पैदल यात्री मैत्री सडक बन्ने बताए । उनले अब बन्ने सडक पैदल यात्रु हिड्ने फुटपाटसहितको बजारमैत्री सडक बुटवलमा बन्ने बताए ।

उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले समयमा नै काम सम्पन्न नहुँदा जनतामा नैराश्यता पैदा हुने भएकाले समयमा नै काम सम्पन्न गर्नको लागि निर्माण कम्पन्नीलाई निर्देशन दिइन । वाउण्ड्री पर्खाल निर्माणको लागि मात्र उपमहानगरपालिकाले १ करोड ६० लाख बजेट बिनियोजन गरेको बताउँदै उनले अभियान पथलाई बजार मैत्री सडक निर्माण गरिने बताइन ।

बुटवल उपमहानगरपालिकाका ईन्जिनियर गोविन्द पंगेनीले पर्खाल निर्माणको लागि १ करोड ६० लाख बजेट बिनियोजन गरिएको र १ करोड ९ लाख ११ हजारमा बडिमालिका कन्ट्रक्सन प्रालिसँग उमहानगरपालिकाले ठेक्का सम्झौंता गरेको जानकारी दिए ।

२०८२ असोज ३ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौंता भएको हो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र तर्फ २०० मिटर र नेपाली सेनाको मध्यपश्चिम पृत्तना हेडक्वाटर तर्फ २६८.५० मिटर लम्बाईको पर्खाल निर्माण गरिने उनले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा आयोजना गरिएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष सिंह राठोर , वडा सदस्य रमेश अधिकारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ५२ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४