२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

वर्षाले दाउन्ने खण्ड हिलाम्मे भएपछि चल्न सकेनन् गाडी



काठमाडौं । दाउन्ने खण्डमा सडक हिलाम्य हुँदा आवागमन प्रभावित बनेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक खण्ड हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको हो । सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् ।

निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दुम्किबासबाट दाउन्नेको उकालो चढ्न नसकेका इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरले जनाएको छ । त्यसैले सवारी साधनहरुको लामो लाइन लागेको छ । घण्टौंसम्म सडकै रोकिनुपर्दा यात्रुहरु हैरान छन् । नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी विरदत्त पन्तका अनुसार पानी परेर सडकमा हिलो भएकाले लोड गरेका गाडीहरु चल्न सकेका छैनन् । अरु गाडीहरु भने विस्तारै-विस्तारै चलेका छन् । तर निर्वाध सन्चालन हुन नसक्दा सवारी साधनहरुको लामो लाइन लागेको छ ।

अँस्तिदेखि नै दाउन्ने खण्डमा सवारी साधन सहजसँग चल्न सकेका छैनन् । त्यहाँ एउटा ट्रक बिग्रिएर रोकिएकाले ट्राफिक जाम भएको थियो । सो ट्रकलाई साइड लगाइसकिए पनि हिलाम्मे सडकमा सवारी साधन सन्चालनमा बाधा पुगेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : १३ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,