३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

वेष्ट्रन मेघा कलेज बुटवलले सम्पन्न गरेको रक्तदानमा ६१ युनिट रगत संकलन



बुटवल । वेष्ट्रन मेघा कलेज बुटवलमा ‘रक्तदान जिवनदान, महादान’ भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल १५ ढवाहामा रहेको उक्त कलेजले मंगलबार रक्तदान कार्यकम सम्पन्न गरेको हो ।

गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशमरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको र कलेजले आफ्‌नो नैतिक र समाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहित समाजिक उत्तरदायित्वका कार्यहरुलाई समानान्तररुपमा लैजाने निति वषलम्बन गरेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भग्रुप बफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।

उक्त कार्यकममा ६१ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा अध्यक्ष मेघनाथ पन्थ, शिक्षक तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम कलेजको शिक्षिका कन्पना न्यौपाने तथा उषा खरेलको संयोजकतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ४९ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता