२० मंसिर २०८२, शनिबार | December 7, 2025

वेष्ट्रन मेघा कलेज बुटवलले सम्पन्न गरेको रक्तदानमा ६१ युनिट रगत संकलन



बुटवल । वेष्ट्रन मेघा कलेज बुटवलमा ‘रक्तदान जिवनदान, महादान’ भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल १५ ढवाहामा रहेको उक्त कलेजले मंगलबार रक्तदान कार्यकम सम्पन्न गरेको हो ।

गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशमरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको र कलेजले आफ्‌नो नैतिक र समाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहित समाजिक उत्तरदायित्वका कार्यहरुलाई समानान्तररुपमा लैजाने निति वषलम्बन गरेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भग्रुप बफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।

उक्त कार्यकममा ६१ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा अध्यक्ष मेघनाथ पन्थ, शिक्षक तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम कलेजको शिक्षिका कन्पना न्यौपाने तथा उषा खरेलको संयोजकतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ४९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल