३० असार २०८२, सोमबार | July 14, 2025

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस



काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन गरिएको हो, बजारसम्म कसरी आइपुग्छ भन्ने विषयलाई पनि ध्यानमा राख्ने प्रक्रिया हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा जुन १८ लाई अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको हो । यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्परालाई संरक्षण गर्नुका साथै वातावरणमैत्री र दीगो कृषि तथा खाद्य प्रणालीको प्रवर्द्धन गर्नु हो ।

संयुक्त राष्ट्रसङ्घका शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) र खाद्य तथा कृषि सङ्गठनले विश्वभर यो दिवसलाई मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । युनेस्कोले ५६ वटा सहरलाई ‘क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी’ घोषणा गरिसकेको छ, जसले स्थानीय खाना संस्कृतिको प्रवर्द्धनमा योगदान पु¥याइरहेका छन् ।

कोरोना महामारीपछि तथा हाल पृथ्वीले जलवायु सङ्कट, जैविक विविधता नाश र प्रदूषण जस्ता चुनौतीहरूको सामना गरिरहेको अवस्थामा, दिगो ग्यास्ट्रोनोमीको महत्व अझ गहिरो भएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : ३३ बजे

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्,

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का