काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमणपछि अमेरिका समेत सो आक्रमणमा संलग्न हुने अड्कलबाजीहरु चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पणको चेतावनी दिँदै युद्धमा सहभागी हुने संकेत गरेका छन् । तर बहुसंख्यक अमेरिकीहरु भने इजरायलले सुरु गरेको युद्धमा सहभागी बन्न नहुने राय प्रकट गरेका छन् ।
अति दक्षिणपन्थीहरु इरानविरुद्ध आक्रमणको पक्षमा भए पनि अमेरिका प्रत्यक्ष संलग्न हुन नहुनेमा भने धेरैले राय व्यक्त गरेका छन् । अतिदक्षिणपन्थी वृत्तमा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहु लोकप्रिय रहेका छन् ।
यु गोभ (YouGov)को सर्वेक्षणमा सहभागी ६० प्रतिशत अमेरिकीहरूले अमेरिकी सेना हालको युद्धमा संलग्न हुननहुने भन्ने सोच्दछन् । केवल १६ प्रतिशतले अमेरिकीले मात्र इजरायको पक्षमा इरान विरुद्ध युद्धमा संलग्नता हुनपर्ने पक्षधरता लिएका छन् । यस्तै २४ प्रतिशत अमेरिकीहरु भने के गर्ने नगर्ने भन्नेमा निश्चित छैनन् ।
डेमोक्र्याटहरूमध्ये अमेरिकी हस्तक्षेपको विरोध गर्नेहरू ६५ प्रतिशत छन् । ५३ प्रतिशत रिपब्लिकनहरू पनि इरान विरुद्ध युद्धमा संलग्न हुन नहुनेमा रहेका छन् । ६१ प्रतिशत स्वतन्त्रहरूले अमेरिकी संलग्नताको विरोध गरेका छन् ।
सर्वेक्षणका अनुसार आधा अमेरिकीहरूले इरानलाई अमेरिकाको शत्रुको रूपमा हेर्छन् । २५ प्रतिशतले भने यस विषयलाई असंवेदनशील मानेका छन् ।


















प्रतिक्रिया