काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतकहरुसँग छलफल गरेका छन् ।
निरन्तर अवरोध हुँदै आएको प्रतिनिधिसभा बैठकलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारेमा सहमति खोज्न सभामुखले छलफल गरेका हुन् ।
प्रमुख सचेतकहरुसँग सभामुख छलफलमा बसेपछि प्रतिनिसभाको बैठक बस्न ढिला भएको छ । यसअघि आज ११ बजे बैठक बस्ने गरी मंगलबार सभामुखले बैठक स्थगित गरेका थिए ।
भिजिट भिसा प्रकरणमा गहृमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपाले संसद बैठक अवरुद्ध बनाउँदै आएको छ । केहीदिनअघिसम्म सोही मुद्दामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि बैठक अवरुद्ध बनाउँदै आएको थियो ।


















प्रतिक्रिया