२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपालगन्जका शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्दै आएका शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा ११ जना शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री हस्तान्तरण गरिएको हो ।

आज उपमहानगरपालिका परिषरमा भएको एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सहायक शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएको सामाग्रीहरुमा कृत्रिम हात, खुट्टा, एंकल क्याप, क्यालिफर लगायतका सामग्री प्रदान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा कुमारी शाहीले जानकारी दिइन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अपांगता भएका ब्यक्तिहरुको सहयोग र बृत्ति विकासका लागि नेपालगञ्ज उपमहानगरपालिका गम्भीर र संवेदनशील रहेको बताए । उनले यी सामग्रीले दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास ब्यक्त गर्दै लुम्बिनी प्रदेशमै पहिलोपटक नेपालगञ्जले ुगु बर्गको अपांगता भएका ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको जानकारी दिए ।

सो अवसरमा बोल्दै पालिका स्तरीय अपांगता सञ्जालका उपाध्यक्ष भावुकजंग थापाले सहायक सामग्रीले आफूहरुलाई दैनिक जीवनयापनमा सहज हुने भन्दै खुसी ब्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि यही आर्थिक बर्षभित्रै अपांगता भएका ५५ जनालाई विभिन्न संघसंस्थाको समन्वयमा आफ्नै स्रोतबाट सहायक सामग्री वितरण गरिसकेको महिला विकास अधिकृत शाहीले बताइन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ०९ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष