७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालको संसदीय मैत्री समुहसँग पाकिस्तानी राजदूतको भेट



काठमाडौं । पाकिस्तान-नेपाल संसदीय मैत्री समुहसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले अन्तक्र्रिया गरेका छन् ।

पाकिस्तानी दूतावासमा दुई पक्षबीच अन्तक्र्रियात्मक भेटघाट भएको हो ।

त्यसक्रममा राजदूत हाश्मीले पाकिस्तान र नेपालबीचको लामो समयदेखिको सौहार्दपूर्ण सम्बन्धको प्रशंसा गरे। यो सम्बन्ध साझा सांस्कृतिक सम्पदा, आपसी सम्मान र क्षेत्रीय सम्बन्धमा आधारित रहेको उनले बताए । उनले दुई मुलुकको संसदबीचको सम्बन्धलाई थप विस्तार गर्ने तथा व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति, जलवायु संरक्षण, जन सम्पर्क र क्षेत्रीय शान्तिमा द्विपक्षीय सहयोग वृद्धि गर्ने पाकिस्तानको इच्छालाई दोहो-याए ।

राजदूतले नेपाल-पाकिस्तान संसदीय मैत्री समूहलाई पाकिस्तानको अर्थतन्त्र र क्षेत्रीय अवस्थाको पछिल्लो विकासबारे पनि जानकारी दिए । शान्तिपूर्ण र समृद्ध दक्षिण एसियाको लागि पाकिस्तानको दृष्टिकोणलाई जोड दिँदै उनले नेपाली संसदको संसदीय कूटनीति र संस्थागत सम्बन्धलाई प्रोत्साहन गर्ने चासोलाई स्वागत गरे ।

नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका सदस्यहरूले नेपाललाई पाकिस्तानको निरन्तर समर्थनको प्रशंसा गरे । उनीहरुले नेपाल र पाकिस्तानबीच रहेको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे । उनीहरूले संसदीय आदानप्रदानले आपसी समझदारी गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए । उनीहरूले विशेष गरी आर्थिक, सांस्कृतिक, युवा, महिला, सीमान्तकृत समूह, प्राविधिक सहयोग र क्षमता निर्माण जस्ता नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषणमा पनि जोड दिए ।

दुवै पक्षले दुई देशको हितका लागि नियमित रूपमा सँगै काम गर्ने सङ्कल्प व्यक्त गरेका छन् । बलियो संस्थागत सम्बन्ध निर्माण, खुला संवाद र बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्दै दुई देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उनीहरु सहमत भएका छन् ।

अन्तरक्रियामा मैत्री समूहका सदस्यहरू, पाकिस्तान दूतावासका कूटनीतिज्ञहरू र नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : १० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११