२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाललाई नेदरल्यान्ड्सले दियो १७५ रनको लक्ष्य



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १७५ रनको लक्ष्य पाएको छ । बिहीबार ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गर्‍यो ।

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे ।

नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

सिरिजको उपाधि जित्ने सम्भावनालाई कायम राख्न नेपाललाई आज जित आवश्यक छ । नेपालले यसअघिका दुई खेलमा समान एक जित र एक हारको नतिजा आत्मसात गरेको छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : २९ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको