२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नेपाललाई नेदरल्यान्ड्सले दियो १७५ रनको लक्ष्य



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १७५ रनको लक्ष्य पाएको छ । बिहीबार ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको डच टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गर्‍यो ।

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे ।

नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

सिरिजको उपाधि जित्ने सम्भावनालाई कायम राख्न नेपाललाई आज जित आवश्यक छ । नेपालले यसअघिका दुई खेलमा समान एक जित र एक हारको नतिजा आत्मसात गरेको छ । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : २९ बजे

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका