२० मंसिर २०८२, शनिबार | December 6, 2025

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्छ : सञ्चारमन्त्री गुरूङ



पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्ने बताएका छन् ।

सामाजिक सुरक्षा कोषको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित सामाजिक सुरक्षा कोषमा बृहत् आबद्धतासम्बन्धी पत्रकारसँगको संवाद कार्यशालामा सञ्चारमन्त्री गुरूङले सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्दै जाने उल्लेख गरे ।

“ठूला सञ्चार गृह सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन्, क्रमशः सबै सञ्चार गृह र तिनमा कार्यरत पत्रकार तथा कर्मचारीलाई पनि कोषमा आबद्ध गर्नुपर्छ”, मन्त्री गुरूङले भने, “सरकारको नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउने विषयमा स्पष्ट उल्लेख छ, यसमा सबैको सकारात्मक बुझाइ र पहलको खाँचो छ ।”

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षाका लागि हरेक रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने उनको भनाइ थियो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले आमसञ्चार विधेयक मस्यौदाको काम भइरहेको जानकारी दिए । उक्त विधेयकले सञ्चारसम्बन्धी सम्पूर्ण विषयलाई व्यवस्थित गर्ने बताए ।

“आमसञ्चार प्राधिकरण, तालिम प्रतिष्ठानलगायत विषयलाई विधेयकले समेट्नेछ”, उनले भने, “मिडिया काउन्सिल विधेयक पनि छिट्टै पारित हुने प्रक्रियामा छ, सामाजिक सञ्जाल नियमनका लागि सरकारले कानुन ल्याउँदैछ ।”

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय