२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्छ : सञ्चारमन्त्री गुरूङ



पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्ने बताएका छन् ।

सामाजिक सुरक्षा कोषको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित सामाजिक सुरक्षा कोषमा बृहत् आबद्धतासम्बन्धी पत्रकारसँगको संवाद कार्यशालामा सञ्चारमन्त्री गुरूङले सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्दै जाने उल्लेख गरे ।

“ठूला सञ्चार गृह सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन्, क्रमशः सबै सञ्चार गृह र तिनमा कार्यरत पत्रकार तथा कर्मचारीलाई पनि कोषमा आबद्ध गर्नुपर्छ”, मन्त्री गुरूङले भने, “सरकारको नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउने विषयमा स्पष्ट उल्लेख छ, यसमा सबैको सकारात्मक बुझाइ र पहलको खाँचो छ ।”

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षाका लागि हरेक रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने उनको भनाइ थियो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले आमसञ्चार विधेयक मस्यौदाको काम भइरहेको जानकारी दिए । उक्त विधेयकले सञ्चारसम्बन्धी सम्पूर्ण विषयलाई व्यवस्थित गर्ने बताए ।

“आमसञ्चार प्राधिकरण, तालिम प्रतिष्ठानलगायत विषयलाई विधेयकले समेट्नेछ”, उनले भने, “मिडिया काउन्सिल विधेयक पनि छिट्टै पारित हुने प्रक्रियामा छ, सामाजिक सञ्जाल नियमनका लागि सरकारले कानुन ल्याउँदैछ ।”

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : ३१ बजे

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ