तेहरान । इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानका रहेको आफ्नो दूतावास बन्द गरेको हो ।
अस्ट्रेलियाको यो निर्णयसँगै अमेरिका र इजरायल युद्धका विषयमा संसारका धेरै देशले प्रतिक्रिया दिन थालिसकेका छन् ।
बेलायती विदेश मन्त्री डेभिड लेमीले अन्य देशका विदेश मन्त्रीसँग भेट गरेका छन् । उनले जेनेभामा आफ्ना फ्रेन्च र जर्मन समकक्षीलाई भेट्ने छन् । युरोपेली विदेश नीतिका प्रमुख काजा कालास पनि सो कार्यक्रममा उपस्थित हुने छन् ।
अमेरिकाले इरानका आक्रमण गर्नका लागि दुई साताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान गरिएको छ ।
अमेरिकाले आफ्नो मित्रवत् सम्बन्ध रहेका सबै देशसँग सल्लाह लिएर मात्र वार्ता अघि बढाउने बताएको छ ।
प्रतिक्रिया