३ पुस २०८२, बिहिबार | December 18, 2025

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

अन्तिम खेल बाँकी हुँदा नेपाल र नेदरल्यान्डसको समान चार अंक भए पनि नेपाल रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेदरल्यान्डस दोस्रो स्थानमा छ भने तीनमा दुई खेलमा पराजित भएको स्कटल्यान्ड दुई अंकसहित तालिकाको पुछारमा छ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो । तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो । पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

यो सिरिजमा ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ । स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ ।

नेपाल र स्कटल्यान्डबीच हुने अन्तिम खेल शुक्रबार (आज) साँझ ७ः४५ बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाइरहेका छन् । नेदरल्यान्डसविरुद्धको खेलमा भीम सार्कीले बिहीबार टी-२०मा डेब्यु गरेका छन् ।

तीन टोलीबिच लिग-२ को सिरिजपछि टी-२० सिरिज भएको हो । लिग-२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : १५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन