८ बैशाख २०८३, मंगलबार | April 21, 2026

ढुण्डीराज जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुंण्डीराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलागयतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन्,  ‘ढुंण्डीराजले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’

उनले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रुपमा ढुंण्डीराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार ढुंण्डीराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, र प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गरे ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ५४ बजे

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय