२ चैत्र २०८२, सोमबार | March 17, 2026

बुटवल कालिका क्याम्पसको आयोजनामा व्यवस्थापन तथा सामाजिक विज्ञान विषयक पहिलो राष्ट्रिय सम्मेलन सुरु



बुटवल । बुटवलस्थित बुटवल कालिका क्याम्पसको आयोजनामा ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयक पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन गर्दै नेपालको शैक्षिक सूचकमा सुधार गर्न शैक्षिक कार्यक्रमहरू व्यवहारिक र स्थानीय सन्दर्भमैत्री हुनुपर्ने बताए । अध्यक्ष अधिकारीले कालिका क्याम्पसको गुणस्तर मूल्यांकन प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै क्याम्पसलाई अनुसन्धान र नवप्रवर्तनमा उदाहरणीय बनाउन सकिने बताए । उनले अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कालिका क्याम्पसले गुणस्तर मूल्यांकन अन्तर्गतका १०८ मध्ये अधिकांश मापदण्ड पुरा गरिसकेको उल्लेख गर्दै क्याम्पस योग्य रहेको धारणा राखे । उनले भने, “क्याम्पसले गुणस्तरीय शिक्षा दिन सक्ने क्षमता राखेको छ। अब यस्ता क्याम्पसमा अनुसन्धान, इनोभेसन, फ्याकल्टी विकास र वातावरणीय पक्षलाई थप सुदृढ गर्न जरुरी छ ।“

नेपाल हाल विश्वका १४१ राष्ट्रहरूमध्ये ज्ञान विकास सूचकमा १२१ औं स्थानमा छ भने विश्वका १३३ राष्ट्रहरूमध्ये शैक्षिक सूचकमा १२८ औं स्थानमा रहेको उल्लेख गरे । देशका करिब १,४०० क्याम्पसमध्ये ५०० मा ५० भन्दा कम विद्यार्थी रहेको अवस्थाले सुधारको खाँचो औंल्याएको उनले बताए । अध्यक्ष अधिकारीले स्टार्टअप र नवप्रवर्तन प्रोत्साहन गर्न ‘सिड मनी’ अन्तर्गत ४० वटा क्याम्पसलाई ४० लाख रुपियाँ अनुदान दिइएको जानकारी दिए। उनले शिक्षाको सुधार कक्षाकोठाबाट नै सुरु गर्नुपर्ने र नीति निर्माणमा शैक्षिक नेतृत्वको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले शैक्षिक हबका रुपमा नगरको पहिचान बनाउने शैक्षिक संस्थाहरुको विकासमा सधै साथ दिदै आएको बताईन ।

सम्मेलनमा प्रस्तुत हुने विभिन्न शोधपत्र, प्यानल छलफल, तथा समूहगत अन्तरक्रियाबाट शैक्षिक नीति तथा अभ्यासमा गम्भीर बहसको अपेक्षा गरिएको छ । किनोट स्पिकरमा प्राडा प्रेम प्याख, प्राडा जिवलाल सापकोटा, प्रा.डा महानन्दा चालिसे, गेष्ट स्पिकर प्राडा नारायण प्रसाद बेल्बासे रहेका छन ।

कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष होमबहादुर गलामी, प्राचार्य घनश्याम पाठक, पूर्वप्राचार्य पुष्प बेल्बासे, सहायक प्राचार्य महेश पाण्डेलगायतले कार्यक्रमको उपयोगिताबारे धारणा राखेका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा स्टार्टअप संस्कृति, वातावरणीय शिक्षा, स्थानीय सरकारसँग सहकार्य र समाजशास्त्रीय अध्ययनको भूमिकाबारे छलफलमा शैक्षिक विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, नीति निर्माता, स्थानीय सरकारका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : ११ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित