२९ मंसिर २०८२, सोमबार | December 15, 2025

त्रिदेशीय टी-२० सिरिज : नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।

शुक्रबार राती भएको खेलमा नेपाल घरेलु टोलीसँग ३४ रनले पराजित भयो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे । कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए ।

स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो ।

स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७८ रन बनाउदै आउट भए । स्कटल्याण्डका महत्वपुर्ण योगदान गरेका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भए ।

पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेश सिंहको बलमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरे । मकमलन ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रनमा आउट भए ।

माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे । कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए ।

नेपालका लागि कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए । स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहदै सिरिजको च्याम्पियन भएको छ । पराजित नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहे पनि रनरेटमा पछि रहेर नेपाल दोस्रो स्थानमा रहन पुग्यो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती