४ चैत्र २०८२, बुधबार | March 18, 2026

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात



वीरगञ्ज । पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए । ‘यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,’ उनले भने, ‘विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ ।’

चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : ३६ बजे

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको