७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग



भोजपुर । भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि सङ्कलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो ।

षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरिय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए ।

सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ ।

पालिकास्तरमा निर्णय भएर आएकाको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ ।

‘हामीले वडास्तरबाट सुकुम्बासीको प्रमाणीकरण थालेका छौँ’ अध्यक्ष चौलागाइँले भने, ‘षडानन्द नगरपालिकामा ६० जनाको पालिकास्तरबाट प्रमाणीकरण भएको छ । अन्य पालिकामा पनि काम अघि बढाएका छौँ ।’

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको तथ्याङ्क सङ्कलन पश्चात वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो । अन्तिम प्रमाणीकरणमा परेकालाई राज्यको नियम अनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : ४३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११