७ आश्विन २०८३, बुधबार | September 23, 2026

योग अभ्यासले शान्तिको मार्गमा डोर्‍याउन सहयोग गर्छः अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योग अभ्यासले व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्‍याउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

विश्व योग दिवस, २०८२ को अवसरमा सम्पूर्ण नेपाली नागरिक, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “योग हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि हो, जसले शारीरिक र मानसिक स्वास्थ्यलाई एकसाथ समृद्ध बनाउँछ ।”

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यस वर्ष ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइँदै छ ।

शुभकामना सन्देशमा भनिएको छ, “योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि बोकेको हाम्रो देश नेपाल विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्य बन्न सक्छ ।”

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ११ : २३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११