१० माघ २०८२, शनिबार | January 24, 2026

एसिसी यु-१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै



काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ । मलेसियाको युकेएम ओभलमा उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानी विपिनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले केही दिन अघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला तथा अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन् ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् । नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो ।

नेपालले दोस्रो खेलमा मङ्गलबार जापानसँग, तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने छ । दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ५७ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा