३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

विभिन्न रचनात्मक कार्यक्रम गरेर बुटवल लेडी जेसीजले जेसीज सप्ताह मनाउने



बुटवल । बुटवल लेडी जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ । असार ७ गतेदेखि १४ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर लेडी जेसीजले जेसीज सप्ताह २०२५ मनाउने भएकी हो ।

शनिबार एक कार्यक्रमको बीच बुटवल उपमहानगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष नरिश्वर पौडेलले जेसीज सप्ताह २०२५ को शुभारम्भ गरे । उनले महिलाको नेतृत्व र व्यक्तित्व विकासकालागि महिला जेसीजले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिलाको क्षमता विकासमा जेसीजले खेलेको भूमिका अतुलनीय रहेको बताए ।

कार्यक्रममा नेपाल जेसीजका प्रमुख सल्लाहकार विजय गुरुङले महिलाहरू नेतृत्व तहमा पुग्नका लागि क्षमता र सीपको विकास हुनु आवश्यक भएकाले जेसीजले महिलाको नेतृत्व र व्यक्तित्व विकासका लागि तालिम र अवसर दिँदै आएको बताए ।

लेडी जेसीजकी अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कान्ति माविका प्राचार्य गोविन्द ज्ञवाली, बुटवल जेसीजका अध्यक्ष मोहन न्यौपाने, लेडी जेसीजका पूर्व अध्यक्ष बुलबुल श्रेष्ठ, कार्यक्रमकी मूल संयोजक रुपा श्रेष्ठ पाठक, किशोरीका लागि आत्मरक्षा तालिम कार्यक्रम संयोजक अञ्जली पन्थी ९अन्जु०, सदस्य अञ्जली कसौधनलगायतले महिला नेतृत्व र व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताएका थिए ।

यसैबीच शनिबार नै बुटवल लेडी जेसीजले कान्ति माविको प्राङ्गणमा किशोरीहरूका लागि आत्मरक्षा तालिम कार्यक्रम गरेको महासचिव बेदना पाण्डेले जानकारी दिइन् । बुटवलका किशोरी विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको तालिममा करिब एक सय जनाको सहभागिता थियो ।

तालिममा इलाका प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक प्रतिक्षा कुँवरले किशोरी आत्मरक्षाका बारेमा सहजीकरण गर्दै तिमीहरूलाई आफूप्रति अरूले गर्ने व्यवहारका बारेमा जानकारी हुनु आवश्यक रहेको बताइन् । तिमीहरूलाई हेर्ने दृष्टिकोण, छुने व्यवहार, बोल्ने शैली र जबरजस्ती गर्ने क्रियाकलापजस्ता विषयमा पहिले नै सचेत हुनुपर्ने भन्दै आत्मरक्षाका सीप र कौशलताका विषयमा जानकारी दिँदै प्रयोगात्मक रूपमा सहजीकरण गरिन् ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ३३ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता