१८ भदौ २०८३, बिहिबार | September 3, 2026

कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गरौं : धनराज गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै पनि बहानामा संसद् बैठक अवरोध गर्नु नहुने र कुनै पनि समस्याको समाधान सहमतिबाटै गर्न सकिने बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जनताका आवाज मुखरित गर्ने थलोलाई कसैले पनि बन्धन बनाउन नहुने उल्लेख गरे ।

पूर्वमन्त्री समेत रहेका नेता गुरुङले कुनै पनि समस्याको हल सहमतिबाटै गर्न सकिने उल्लेख गर्दै हाल संसद्मा देखिएको गत्यारोध पनि सहमतिबाटै अन्त्य गर्न सकिने सुझाव दिए ।

फरक प्रसङ्गमा उनले राससको तस्बिर प्रदर्शनीमा रहेका तस्बिरहरू अत्यन्तै सुन्दर र जानकारीमूलक भएको उल्लेख गर्दै हिमालमा नपुगिकनै हिमालका दृश्यहरू हेर्न पाएको बताए । साथै उनले स्याङ्जाको सिरुवारीमा रहेको दक्षिण एसियाको पहिलो होमस्टे गाउँजस्ता ऐतिहासिक स्थल र सम्पदाको तस्बिर समेत प्रदर्शनीमा समावेश गर्न सके अझ राम्रो हुने सुझाव दिए ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताए ।

गत जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् । तस्बिर प्रदर्शनी यही असार १६ गतेसम्म रहने भएको छ ।

 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ३९ बजे

Pakistan Stands With Flood-Hit Nepal as PM Shehbaz Visits Nepali Embassy

Islamabad: Pakistan Prime Minister Muhammad Shehbaz Sharif visited the Embassy

इस्लामावादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए समवेदना

इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा गएको विनाशकारी बाढीबाट

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज