४ श्रावण २०८३, सोमबार | July 20, 2026

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस



काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि सिफारिस गरेको छ । प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय कविता महोत्सव, २०८२ मा सहभागी कविहरुका कवितामध्ये मूल्याङ्कन समितिको सिफारिसका आधारमा १० कविता पुरस्कारका लागि छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार पुरस्कारका लागि सिफारिस हुनेमा सिराहाका अविनाश भट्टराईको ‘छुटिजानेहरुको नाममा’, मोरङका कर्ण सञ्जयको ‘पिताजी अहाँ के छलौ (मैथिली भाषा), मकवानपुरका किशन पौडेलको ‘पृथ्वीको क्रन्दन’, लमजुङका गोमा श्रेष्ठको ‘भालेको मौन बिद्रोह’ र नवलपरासीका चन्द्रमणि चापागाईँको ‘औजार’ शीर्षकका कविता छन् ।

साथै रुकुमपश्चिमका तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, मकवानपुरका मिरमा (रमा सुवेदी)को ‘अचेल हरेक रात पहाड रुन्छ’, सुनसरीका शमूएल कोइराला विश्वकर्माको ‘नेपाल मेरो घर’, ललितपुरका सन्ध्या महर्जनको ‘हिउँ सः ले तनाच्वंगु मौन म्हगस (नेपाल भाषा) र चितवनका सिर्जन अविरलको ‘जीवनको महक’ शीर्षकको कविता पनि पुरस्कारका लागि सिफारिस भएको प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : २१ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित