१ पुस २०८२, मंगलबार | December 16, 2025

भिजिट भिसाबारे छानबिन समिति बनाएकोमा माओवादीद्वारा खुशी व्यक्त



काठमाडौं। भिजिट भिसा प्रकरणको छानबिन गर्न शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग भएको २ बुदेँ सहमति अनुसार छानबिन समिति बनाएको भन्दै माओवादी केन्द्रले खुशी व्यक्त गरेको हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो पाटीँसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिए ।

‘यो प्रकरणमा एकातिर संवैधानिक निकाय अख्तियारले पनि छानबिन गरिरहेको छ, यो छानबिन निष्पक्ष रूपले होस् र हुनेछ भन्ने हाम्रो अपेक्षा छ, अख्तियारको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू रहेका छन्, जुन बिषयमा समितिले अध्ययन गर्नेछ।’ बैरागी नेतृत्वको समितिले तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास पुनले गरेका छन ।

सरकारले हिजो बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, जसको जानकारी गृहमन्त्री रमेश लेखकले आज संसदमा गराएका थिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १ : ०४ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज