१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जको बजेट १ अर्व ६४ करोड ७१ लाख, ५ विषयगत २७ उपक्षेत्रमा आधारित नीति तथा कार्यक्रम (पूर्णपाठ)



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि एक अर्व ६४ करोड ७१ लाख छयालीस हजार ६६६ रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख कमरूद्दिन राईले मंगलबार नेपालगन्ज उपमहानगरपालिकाको १७ ओै नगरसभामा सो बजेट प्रस्ताव गरेका हुन् ।

प्रस्ताव गरेको बजेटमा बाँडफाँड गर्न नपाइने संघीय र प्रदेश सरकारबाट रू ६८ करोड ३० लाख ५८ हजार बाँडफाँड गर्न पाइने तर्फ रू ४८ करोड ७४ लाख १५ हजार ११४ र घर जग्गा रजिष्टेशन मालपोेतबाट रू १ करोढ २ ८ लाख ८० हजार १८७, आन्तरिक आयबाट रू २२ करोड १२ लाख १० हजार अनुमान गरिएको छ । जस अन्तर्गत चालु खर्च ३८ करोड ५६ लाख अनुमान गरिएको छ ।

बजेट बक्तब्य प्रस्तुत गर्दै उपप्रमुख राईले बजेटलाई नगरपालिका क्षेत्र भित्रका आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै नजगर प्रमुखबाट पेश भएको नीति तथा कार्यक्रम कार्यान्वयनमा तादम्यताहुने गरि आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रूपमा प्रस्तुत गरेको जनाए । ‘समृद्ध शहर, नगरबासिको रहर’ भन्ने नगरपालिकाको दीर्घकालिन सोचलाई पुरा गर्न सघाउ पुग्ने गरि बजेट तर्जुमा गरेको उनले बताए ।

बजेट तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार संञ्चालन ऐन, विगतका बजेटहरुको उपलब्धिको समीक्षा, संघिय तथा लुम्बिनि प्रदेश सरकारका बजेट बक्तव्य, स्थानिय तहमा क्रियाशिल राजनीतिक दल, संघ(संस्था, विद्वत वर्ग,निजी क्षेत्र, विकास साझेदार एवं सञ्चार क्षेत्र लगायत आम नागरिकबाट प्राप्त सल्लाह सुझाव समेतलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

यसअघि नेपालगन्जको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहले समेत मध्ययमकालिन खर्च संरचनामा आधारित रहेर वजेट तर्जुमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हुँदा ५ विषयगत क्षेत्र र २७ उपक्षेत्रहरुमा आधारित रहि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्ने, गड्यौला मलको प्रयोग प्रबर्द्धन गर्ने, जडीबुटी खेतीलाई प्रबर्द्धन गर्ने, पशुजन्य संक्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरु लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने, नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आवद्ध गर्ने, जेष्ठ नागरिकका लागि घरघरमा गई निस्शुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत विषय छन् ।

पूर्णपाठ :

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ०२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा