१ पुस २०८२, मंगलबार | December 16, 2025

इरानबाट सकुशल घर फर्केका बुटवलबासी २ जनासँग बुटवलका नगर प्रमुखको भेट (भिडियोसहित)



बुटवल । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीलाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् । इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई उनीहरुको घरमै पुगेर नगर प्रमुख पाण्डेले भेट गरेका हुन् ।

इरानबाट भारत हुँदै बेलहिया सीमानाकाबाट बुटवल आइपुगेका पोखरेल र गैरेलाई घरमा पुगेर भेटघाट गरेको नगर प्रमुख पाण्डेले बताए । बुटवल-१२ पोखरेल र बुटवल-१३ का गैरे आजै अपरान्ह बेलहिया हुँदै आफ्नो घर आइपुगेका हुन् ।

भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुसल आईपुगेको बताए। नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताए ।

भिडियोसहित

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ३५ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि