४ पुस २०८२, शुक्रबार | December 19, 2025

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडियो बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटेकी छन् । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले बस्नेतलाई ३० हजार धरौटीमा छोड्न बिहीबार आदेश दिएका हुन् ।

उनीले टिकटकमार्फत् प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहितविरुद्ध आपत्तिजनक गाली गलौज गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी र हाल जेलमा रहेका सभापति रवि लामिछानेकी समर्थक उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखिएपछि रोइकराइ गरेकी थिइन् ।

बस्नेतले गालीगलौज गरेका भिडियोका आधारमा गृह मन्त्रालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन भनेको थियो । यसअघि रमाका बाबु बलदेव बस्नेतले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । तर सर्वोच्चले उनलाई छाड्न मानेन । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको