२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडियो बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटेकी छन् । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले बस्नेतलाई ३० हजार धरौटीमा छोड्न बिहीबार आदेश दिएका हुन् ।

उनीले टिकटकमार्फत् प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहितविरुद्ध आपत्तिजनक गाली गलौज गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी र हाल जेलमा रहेका सभापति रवि लामिछानेकी समर्थक उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखिएपछि रोइकराइ गरेकी थिइन् ।

बस्नेतले गालीगलौज गरेका भिडियोका आधारमा गृह मन्त्रालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन भनेको थियो । यसअघि रमाका बाबु बलदेव बस्नेतले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । तर सर्वोच्चले उनलाई छाड्न मानेन । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : १९ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना