१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ को ७ चैतदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षाफल प्रकाशित गर्नुअघि आज दिउँसो र साँझ गरी दुई पटक बोर्डको बैठक बसेको थियो ।

बोर्डका अनुसार यसवर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

कुन प्रदेशमा कति ग्रेडेड ?

कोशीमा ४७ हजार ८ सय ३५ जना

मधेशमा ५९ हजार ७ सय ४९ जना

बागमतीमा १ लाख १९ हजार ५ सय १७ जना

गण्डकी ४७ हजार ८ सय ४९ जना

लुम्बिनी ५७ हजार ६ सय ८७ जना

कर्णाली ४६ हजार ४ सय ५५ जना

सुदूरपश्चिममा ५९ हजार ८ सय ४ जना

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विगतको तुलनामा नतिजामा भने केही सुधार देखिएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ४६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र