२० मंसिर २०८२, शनिबार | December 7, 2025

बुटवल लेडी जेसीज सप्ताह सम्पन्न



बुटवल । बुटवल लेडी जेसीजले रुपन्देहीको बुटवलमा संचालन गरेको जेसीज सप्ताह शनिबार सकिएको छ । गत शनिबारदेखि विभिन्न सचेतनात्मक कार्यक्रमका साथमा संचालन गरेको जेसीज सप्ताहको शनिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समापन गरेका हुन ।

जेसीज सप्ताहको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले महिला नेतृत्व र विकासकालागि जेसीजले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । बुटवल लेडी जेसीजका अध्यक्ष रुपा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. कृष्ण खरेल, बुटवल जेसीजका अध्यक्ष मोहन न्यौपाने, लेडी जेसीजका पुर्व अध्यक्ष बालकुमारी भण्डारी, राधिका पोखरेल, कार्यक्रम संयोजक रुपा श्रेष्ठ पाठक, समापन कार्यक्रम संयोजक विनु रिजाललगायतले महिलाको नेतृत्व र क्षमता विकासमा जोड दिनुपर्ने बताए ।

सोही अवसरमा शनिबार नै लेडी जेसीजले झण्डै दुई सय जनाको सहभागितामा अटिजम समस्या र समाधान विषयक अभिमुखिकरण कार्यक्रम गरिएको महासचिव वेदना पाण्डेले बताए । देवदह मेडिकल कलेजका प्रोफेशन डाक्टर शान्ता शर्माले सहजिकरण गरेको कार्यक्रममा अटिजमको समस्या, सहि हेरचाह, सुधारका प्रयास र उपायका बारेमा छलफल गरिएको कार्यक्रम संयोजक मन्जु थापाले जानकारी दिइन ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : २७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल