बुटवल । धान दिवसका अवसरमा रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटीक तथा गिफ्ट वस्तुगत उपसमितिको आयोजनामा आइतवार बुटवलमा अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु शंकर भट्टराई, मोतिलाल पाण्डे, यमलाल लोहनी, पदम श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, संस्थापक महासचिव गोपाल अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायीक हकहितका लागि स्थापित संघले आर्थिक समृद्धिका लागि व्यवसायीक एकतामा जोड दिनु पर्ने बताए । उनले हिजोको कठिन परिश्थतीमा जन्मेको व्यापार संघलाई अगाडी बढाउन धेरै व्यक्तिहरुको पसिना बगेको उल्लेख गर्दै व्यवसायमा आएको चुनौतिलाई हटाउन सबै लाग्नु पर्ने धारणा व्यक्त गरे ।
उपसमितिका संयोजक सरोज ज्ञवालीको अध्यक्षता तथा सह-सचिव कल्पना शर्माको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक महासचिव गोपाल ज्ञवाली, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपसमितिका सल्लाहाकार मनिमदिन मिया लगायतले बोलेका थिए ।


















प्रतिक्रिया