बुटवल । ‘आजको बिरुवा, भोलिको भरोसा’ भन्ने नारासहित पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम पहिलो पाइला नेपाल बुटवल शाखाका कार्यवाहक अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा संस्थाका केन्द्रीय अध्यक्ष विनोद महत, विशिष्ट अतिथि श्रीषि आचार्य, तथा केन्द्रीय प्रवक्ता बिनोद बस्याल, केन्द्रीय सदस्य राजन अधिकारीको उपस्थिति रहेको थियो ।
साथै, पाणीनी उद्यान पार्कका सचिव यम प्रसाद गैरे, पर्यावरण संरक्षण नेपालका अध्यक्ष गंगा पोख्रेल, पहिलो पाइला नेपाल बुटवल शाखाका सल्लाकार गंगाधर न्यौपानेलगायत स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन शाखा सचिव रुद्र प्रसाद खनालले गरेका थिए ।


















प्रतिक्रिया