७ बैशाख २०८३, सोमबार | April 20, 2026

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

चीनको भ्रमणमा रहेका मन्त्री खड्काले आज बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा लगानी सुरक्षाको जिम्मा सरकारले लिने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । “नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ, सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ, हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ”, मन्त्री खड्काले भने।

सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारतलगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको उनले बताए । हाल नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाउने मन्त्री खड्काको भनाइ थियो ।

संसद्मा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत् विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गर्न लागिएको बताउनुभयो । ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको उनको भनाइ थियो ।

भेटका क्रममा चीनमा रहेका नेपाली समुदायले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । मन्त्री खड्काले नेपाल ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने भन्दै लगानी गर्न आह्वान गरे ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : १६ बजे

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई